Saturday, August 30, 2008

माया त आफ्नै गाउँको लाग्छ

प्रदेशको सुन्दर ठुलो महल भन्दा
आफ्नै सानो झुपडी राम्रो लाग्छ ।
विशाल त्यो शहर भन्दा
माया त आफ्नै गाउँको लाग्छ । ।

चाहे जति चिल्ला र विशाल रोड किन नहोस
आफ्नै गोरेटो र दोबाटोहरु राम्रो लाग्छ ।
विरानो प्रदेशमा डुंगा र पुलै किन नहोस
माया त आफ्नै झोलुङ्गे र सांघुको लाग्छ । ।

चाहे जति समुन्द्र नै किन नहोसा
आफ्नै झरना र खोलाको पानी मिठो लाग्छ ।
विरानो यो बालुवाको मरुभुमिभन्दा
माया त आफ्नै गाउँको लाग्छ । ।

प्रदेश को भोजन मिठो किन नहोस
तर आफ्नै गाउँको ढिडो र गुन्द्रुक मिठो लाग्छ ।
वर्षौ वर्षौ उत्पादन गरेको किन नहोस
आफ्नै जन्मभु्मिमा उब्जेको राम्रो लाग्छ । ।

गृष्ममाले ओइलिएका फुल भन्दा
आफ्नै हरियाली बसन्तले ढाकेको लालीगुँरास राम्रो लाग्छ
चाहे सुन्दर बगैचा नै किन नहोस
माया त आफ्नै गाँउको लाग्छ
माया त आफ्नै गाँउको लाग्छ । ।

बिनोद रसाइली
चित्रे - ३ (पर्बत)

Saturday, August 23, 2008

मुक्तक



जुन बाटो हेरी कुर्दैछौ मलाई

त्यही बाटो आउनेछु

आशाको दियो ननिभाउनु कहिल्यै

अवस्य म आउनेछु


नहोला भेट प्रतिदिन हाम्रो

कुनै दिन त भेट होला

सम्झना त मनमा आइनै रहन्छ

बोलचाल नहोला


भेटघाट छैन नभन्नु कहिल्यै

बाध्यता सम्झनु

एकान्तमा बसी निष्ठुरी मलाई

कहिल्यै नभन्नु


नरोई बस्नु सम्हालिएर तिमी

केही दिन त पर्खनु

बिश्वास त मनमा छँदैछ फेरी

भरोसा नतोड्नु



विशाल थापा

खैरेनीटार-८, तनहुँ
email: bishaldeep@yahoo.com

Friday, August 22, 2008

शुभकामना तिमीलाई

अब जलाउदैन आगोले मलाई
जलाउने जलाई सक्यौ तिमीले नै
अबमलाई छैन आवश्कता सुर्यको
किन भने
मेरो शरीर त सबै जलेर गैसक्यो
मेरा कुनै हातहरु छैनन अब
हातहरु काटी दियौ तिमी ले नै
मेरो लागि अब कुनै संसार छैन
सुन्दर संसार त उजाड बनायौ तिमीले
मेरा अब खुट्टाहरु छैनन कसैको साहाराको लागि

ति खुट्टाहरु त अब कथा भैसके
आँखाहरु छैनन सुन्दर संसार हेर्ने किन भने
आँखा त मेरो तिमी नै थियौ
धडकन छैन अब मुटुमा
जब मुटुनै गयो मेरो शरीर बाट
जिन्दगी भाको छ जिउदो लास सरी
सिसिरमा ठडिएको रुखको हागासरी
तर पनि म भन्छु तिमीलाई एक कुरा
युग युग बिच
तर नभाच कुनै दिल हरु
जिबन बनाउ हरियाली बसन्त
बनाउ सङ्लो नदी सदरको
एही नै छ मेरो शुभकामना
तिम्रो बाँकी जिन्दगीलाई

सुनिल पौडेल कतार
email- crackmirror1986@yahoo.com
Q.B.C post box no 40311 Doha Qatar

Tuesday, August 19, 2008

तिम्रो सम्झनामा अन्तिम प्रेम पत्र (सुनिल्)

निर्दयीको माया किन मुटु भरि साँचेछु ।
च्यातिएको फूलहरुको कस्तो माला गाँसेछु ।

सुनेको थिएँ, प्रत्येक आँशुले पिडा दिन्छ भनेर तर आज म आँफै सँग त्यस्तै पिंडैपिंडाले भरिएको आँशु छ ।यी आँशुहरुले मेरो छातीमा चोटै चोट बनाएका छन । प्रत्येक नशाहरुमा ति आँशुहरु खिला बनेर बसेका छन । मेरो छातीमा कसैले नदेख्ने चोट छ अनि उनकै हाँसोले छोडेका खाटाहरु छन । कहिल्यै नमेटिने गरी बसेका आँशुका टाटाहरु छन । आज फेरी नचाहँदा नचाहँदै बिबश्ताको हुरिले अतितका पानाहरु पल्टाईदिन्छ । जहाँ हामी दुई सँगसँगै हिंडेका डोबहरु फेला पार्छु। अनि यथार्थ धरातलबाट बिलिन हुन पुग्छु । अतितका गाढा तस्वीरहरु आँखा वरिपरी घुमिरहन्छन । प्रतिक्षा गर एकदिन तिम्रै छायाँ बनेर आउनेछु जस्ता उनको आश्वासनले भरिएका वाक्यहरुले आज पनि चोटैचोटले बिक्षिप्त भएको हृदयलाई ढक्ढक्याउन पुग्छु । आँखा वरिपरी कालो बादल छाउँछ। बिगतका तिता मिठा पलहरु एकपछि अर्को गरि दुखित मानसपटलमा नाचिरहन्छन। आँखाबाट सपनाहरु छचल्केर बग्न थाल्छन। सपनाको महल झल्कन पुग्छ अनि मुटुभरि बेदनाको आगो सल्किदिन्छ। कल्पनामा भुल्दाभुल्दै उज्यालोलाई ढाकेर आँध्यारो रात पर्छ। त्यहि रातमा कसैको सुमधुर स्वर सुन्छु फेरि झस्किन्छ यो मन अनि त्यो स्वर उनकै जस्तो लाग्छ। उनकै सम्झनामा दुखेका मन मष्तिस्क अनि घाँईते मुटु लिएर दिन-रात काट्न बिवश छु। मनमा यस्तै धेरै कुराहरु खेल्न थाल्छ, आफैले आफैलाई सम्हाल्ने प्रयाश गर्छु र उनि प्रतिको अटुट माया मेरा मुटुबाट अलग गर्न सक्दिन।

समय र परिस्थितिले जता जता डोर्‍याउँछ त्यतै त्यतै जाँदोरहेछ मानिसको जिन्दगी। त्यस्कै परिणामस्वरुप आज प्रतिक्षाको फल उनले पनि दिईन र मैले पनि पाएँ।कुनै दिन सोंच्ने गर्थे जिवनमा दुई मुट्ठी सास रहुन्जेल सम्म फूलको र बासनाको जस्तो सम्बन्ध रहिरहोस् तर मदहोस् भएर कल्पनाको उडानलाई निरन्तरता दिनु नै मेरो गल्ती भएछ ।जिवनको त्यो मोडमा उनि बसन्तको बहार लिई भित्रीएकी थिईन ।जिवनलाई धिपधिपेबाट जोगाई राख्नको लागि अलिकति तेल थपेको थिईन । जनम जनम नटुङ्गिने यात्रामा सँगै जिउने, सँगै मर्ने अनि सधैंभरि एक-अर्काको आँगालोमा बाँधिरहने कसम खाएका थियौं । तर बाचा कसम र खुशी का क्षणहरु पलभरको लागि मात्र भए । निस्चल र चोखो भनेको माया बिछोडमा टुक्रीन पुग्यो । आज म यो पागल मन अनि उनको सिन्दुरले लत्याएर गएको घाईते जीवन त्यहीं पनि उनकै सम्झनामा बाँचिरहेछु । बिगतमा उनिसँगको मिलनलाई सम्झेर उनकै यादमा सम्झनाको दियो जलाई बस्थें । खुशीका मालाहरु उन्ने गर्थें तर आज कसरी त्यो दियो लाई निभाउँ अनि मालालाई चुडाउँ ? तपाईंको जीवनमा खुशी मात्र ल्याउँछु भन्ने उनि आज मैले उनैले दिएको आँशुको उपहारहरुमा हाँसी हाँसी डुब्दैछु ।

गल्ती त मेरो नै थियो । किनकी यो स्वार्थी संसारमा मैले उनलाई निस्वार्थ रुपमा माया गर्न खोजेँ अनि उनलाई चाँडैनै बिश्वास गर्न पुँगे । आज उनै सँग बिछोडिएको दिनहरु पनि बर्षाउ बितिसके तर म भने आजसम्म पनि उनकै यादमा जिन्दगी काटीरहेछु । पागलसरी दोबाटोमा भौतारिदैं हिँडिरहेको छु ।

आजकाल यस्तो लाग्छ जीवनमा जे सोचिन्छ जुन कल्पना गरिन्छ त्यो बास्तबिक धरातल भन्दा धेरै टाढा हुदोरहेछ । जुन इच्छा गरिन्छ, त्यो जीवनमा पाउन नसकिंदो रहेछ । शायद अहिले आएर जीवनको परिभाषा नै यस्तै यस्तै लाग्छ । जीवनको एउटा सहारा उनीलाई यहाँ टाईप गर्नुहोस् ।नै ठानेको थिएँ तर उनी पनि आज म बाट धेरै टाढा गईन । अहिले आएर बाहिरिरुपमा देखावटी हाँसो हाँसेर भए पनि बेदनाले भरिएको आत्मा लिएर जिउँदो लाश सरी मरेतुल्य जीवन घिसारीरहेको छु, केवल कालको निम्तोलाई पर्खेर ।

नदी किनारको चट्टान झैं
सधैं भरि खिएर बसें
उनकै यादमा लामो जिन्दगी
धेरै चोटि पिएर बसें
थाहा छैन मलाई कति पटक
यो कोमला मुटुलाई सिएर बसें
उहि तिम्रो प्रिय सुनिल अभागी दोहा कतार

Wednesday, August 6, 2008

आँखा

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन त्यसैले म घृणा गर्थे म उनलाइ । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाइ खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन। त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो ।

अचानक एकदिनको कुरा हो, मेरी आमा मेरो पढाइको बारेमा बुभन मेरो स्कुलमा आइन्। मैले मेरा साथीहरूलार्इ उनी मेरी आमा हुन् भनेर चिनाउन सकिन, किनकि मेरी आमा अत्यन्तै कुरुप थिइन्। उनी त्यसरी मेरो स्कुलमा आउँदा मलाई अत्यन्तै नराम्रो लाग्यो । मैले उनलाइ कर्के आँखाले हेरेँ र बाहिरतिर दौडिएँ ।

अर्का दिन मेरो एकजना साथीले मसँग मेरी आमाको बारेका कुरा उठायो । उसले मलाई भन्यो "छ्‍या तिम्री आमाको त एउटा मात्रै आँखा । कस्ती काली तिम्री आमा त ! त्यस्ती कुरुप बुढीलाइ आमा भन्न तिमीलाई लाज लाग्दैन ?" उसको कुरा सुनेर म मरेजस्तै भएँ । आखिर त्यस दिन मेरी आमा किन स्कुलमा आएकी होलिन् ? उनीप्रतिको रिस र आक्रोस् ले म आफैँलाइ चिथोरुँ जस्तो लाग्यो । साथीहरूको अगाडि बेइज्जत भएको भन्ठानी मलाइ भुतुक्क मरुँ जस्तो पनि लाग्यो ।

एकदिन मैले आमालाइ बेसरी झपार्दै भनेँ "तिमी किन गयौ मेरो स्कूलमा, आफ्‍नो कुरुपता प्रदर्शन गरेर किन मेरो बेइज्जत गर्‍यौ?" मैले आबेगमा नै भनिदिएँ "तिमी मर्न नसकेकी बुढी ।" मेरी आमाले कुनै प्रतिउत्तर दिइनन्। मैले आमालाइ गरेको गाली सम्झेर मलाइ कत्तिपनि पछुतो लागेन किनकि म उनीसँग असाध्य रिसाएको थिएँ । उनको कुरुपताले ममा घृण भाव बढाइरहेको थियो ।

मलाइ त्यो घरबाट धेरै टाढा भाग्न मन लाग्यो ताकि अब उनीसँग कहिल्यै भेट नहोस् उनको कुरुप अनुहार देख्नै नपरोस्।

दिनहरू बित्दै गए । त्यसपछि मैले धेरै मेहनेतका साथ पढेँ । मैले स्वदेशमा मात्र होइन विदेश गएर पढ्‍नसमेत छात्रवत्त पाएँ । मैले धेरै पढेँ र पछि बिहे पनि गरेँ । शहरमा एउटा सुन्दर घर पनि बनाएँ । यतिखेर मेरा आफ्नै छोराछोरी पनि भइसकेका थिए ।

म आफ्नै संसारमा मस्त थिएँ । मेरो मस्तीको सँसारमा एकदिन अचानक मेरी आमा आइपुगिन्। मेरो घरको ढोकामा मेरी आमा उभिएकी थिइन। उनीसँग भेट नभएको निकै भइसकेको थियो । बुढ्‍यौलीका कारण उनको कुरुपता अभै बढेको थियो । उनले आफ्ना नातिनातिनालार्इ त देखेकीसम्म थिइनन्। मेरो ढोकामा उभिएको उनको त्यो कुरुप अनुहार देखेर मेरा बच्चाहरूले उनलाइ बेसरी जिस्क्याए, गिज्याए । उनले मेरा सन्तानलार्इ गाली गरिन र थप्पड पनि लगाइन्। मेरो घरआँगनमा मेरै सन्तानले गाली र थप्पड खाएको देख्दा मलाइ असैह्य भयो । मैले उनलाइ बेसरी कराएँ । "तिमी किन आएकी यहाँ ? कसले बोलायो तिमीलाइ ? तिम्रो यो अनुहार लिएर कहिल्यै आउनुपर्दैन यहाँ । जाउ, गइहाल तुरुन्त गइहाल ।" मेरो गाली सुनेर उनले विस्तारै जवाफ दिइन्"माफ गर, सायद मैले गलत ठेगाना समातेछु । म तिम्रोमा आएर अब कहिल्यै पनि तिमीलार्इ दुख दिने छैन ।" यति भनेर उनी त्यहाँबाट तुरुन्तै हराइन।

अरू केही वर्ष बितेर गए । एकदिनको कुरा हो गाउँको मेरो पुरानो विद्यालयमा पुनर्मिलन समारोहको आयोजना गरिएको र त्यसमा अनिवार्य सहभागी हुन लेखिएको निम्तोपत्र मेरो हातमा पर्‍यो । कुनै विजनेस टि्रपमा जाँदैछु भनेर मैले मेरी श्रीमतीलार्इ ढाँटेँ र म मेरो पुरानो विद्यालयको त्यो समारोहमा भाग लिन गएँ ।

समारोहको अन्त्यसँगै त्यहीँ नजिकै रहेको मेरो पुरानो गाउँमा घुम्न मलाइ उत्सुकता जागेर आयो । म मेरो पुरानो गाउँतिर गएँ । मैले गाउँलेहरूबाट मेरी कुरुप आमा मरिसकेको थाहा पाएँ । आमाको मृत्यूमा मलाइ कुनै विस्मात लागेन । एक सामान्य घटना घटेजस्तै मैले त्यसलाइ सहज ढंगले पचाएँ । उनका लागि मसँग एक थोपा आँशु पनि थिएन । तर मृत्यूअघि मेरी आमाले मलाइ लेखेको एउटा चिठी गाउँलेहरूले मेरा हातमा थमाइदिए । चिठी खोलेँ र पढ्‍न थालेँ । चिठीमा यस्तो लेखिएको थियो

मेरो प्रिय छोरा,
मलाइ माफ गर म तिम्रो घर आएर तिम्रै छोराछोरीलाइ गाली गरेँ । मैले तिमीलाइ पटक पटक दु:ख पनि दिएँ । तिमी आफूले पढेको गाउँको विद्यालयमा आउँदैछौ भन्ने थाहा पाएर म निकै खुसी भएकी थिएँ तर तिमीलाइ हेर्न म उठ्‍न सकिन छोरा । म निकै बिरामी थिएँ । तिमीलाइ हेर्ने मेरो अन्तिम धोको पनि पूरा गर्न सकिन । तिमी ठूलो हुँदा सम्म मैले तिम्रो चित्त बुझाउन कहिल्यै पनि सकिन । छोरा, तिम्रो आँखामा म सदा घृणको पात्र भइरहेँ । मैले तिमीलाइ निकै दु:ख दिएकी छु ।छोरा, तिमीलाइ थाहा छैन जब तिमी सानो थियौ अचानक एउटा दुर्घटनामा परेका थियौ । त्यही दुर्घटनामा तिमीले एउटा आँखा गुमायौ । एउटी आमा भएकीले मैले तिमीलाइ एउटा मात्र आँखा भएको हेर्न सकिन । हुन पनि कसरी सक्नु, आफ्नै सन्तान एउटा मात्रै आँखा लिएर हुर्किरहेको छ । तिम्रा साथीहरूले तिमीलाइ एकआँखे भनेर हेपेको र जिस्काएको मैले सहनै सकिन । अनि एकदिन मैले तिमीलाइ अस्पत्ताल लिएर गएँ । अस्पतालमा आँखा किनेर प्रत्यारोपण गर्न धेरै रकम चाहिने रहेछ तर मसँग त्यति धेरै पैसा कहाँ थियो र ? अन्तत: डाक्टरलाइ मैले मेरो आफ्नै एउटा आँखा झिक्न लगाएँ र तिम्रो बिगृएको आँखामा प्रत्यारोपण गरिदिएँ । अब तिमीसँग दुइवटै आँखा भए । आहा, तिमी कति सुन्दर देखियौ । मेरा निम्ति जीवनको यो अत्यन्तै दुर्लभ खुशी थियो ।प्यारो छोरा, आज मलाइ निकै गर्व लागिरहेको छ । मेरो सन्तान जसले आज मेरै आँखाबाट संसार हेरिरहेको छ । आखिर के नै फरक भयो र मैले हेर्ने संसार आज मेरै आँखाबाट मेरो आफ्नै छोराले हेरिरहेको छ । त्यो त्यही आँखा हो, जुन आँखाले मैले पहिले संसार हेर्ने गर्दथेँ आज मेरो छोराले हेरिरहेको छ । म निकै खुसी छु छोरा । म अब यो संसारमा रहनु र नरहनुमा केही फरक छैन किन कि मेरो ठाउँमा आज मेरो छोरा छ अनि मेरै आँखाले यो अनुपम संसार हेरिरहेको छ । तिमी जहाँ रहन्छौ सुखी रहनु, सम्पन्न रहनु यो मेरो आशिर्वाद तिमीलार्इ । छोरा तिमीले अब कुनै पनि बेला सोच्नुपर्दैन कि तिम्री यो कुरुप आमा आएर तिमीलाइ फेरिफेरि दु:ख दिनेछ । तिमीलाइ नहेरी बस्न नसकेकीले मात्र कहिलेकाँही तिमीलाइ भेट्‍न आउँथे, अब त त्यो दिन पनि सकियो छोरा, अब तिमी सधैसधै सुखी रहनु । मेरो सारा आशिर्वाद र माया तिमीलाइ ।
उही तिम्रीकुरुप आमा

(story from unknown writer)