Thursday, January 15, 2009

जिबन सँग जोडीएका केही सम्बन्ध हरु

जहाँ सुर्योदय हुन्छ शायद त्यहा सुर्यास्त अवश्य हुन्छ सदा सर्वदा पुर्णिमा कहाँ हुन्छ ? औसीमा चन्द्रमा त आध्यरो सिरकले मुख छोपी रुन वाध्य हुन्छ यहाँ सुखको पछाडि रोदन र रोदनको पछाडि खुशी अवश्य हुन्छ शायद संसारको रित यस्तै नै हो जन्मेपछी मृत्यु अकट्य छ जीवन भएको स्थानमा मृत्‍यु पक्कै हुन्छ
अन्तर्मनमा अंकुरिएका ति असंख्य चाहनाहरु जो जिउनुको अर्थ खोज्दै भौतारिरहेका हुन्छन हासो, खुशी, आशु, रोदन, मिलन, विछोड, सन्जोग र वियोग सँगै सम्झौता गरी समयकै दोशी बन्न आफ्नो गन्तव्यहिन यात्रालाई छोटयेका हुन्छन संघर्ष जो जीवनको उपहार हो त्यसैसँगै लडी आफु आफुमै जीवनतसम्म अपरिचित भई समयको आवेग् सँगै लछारिदै पछारिदै हर एक ब्यक्तिसँग परिचित भएर बाँच्नुको अर्थ शायद जीवन होला
जीवन असिमित् आरोह र अवरोधको गुच्छा हो ति गुच्चाहरुमध्ये कसैको निधार मा बिझाउने काडा होला त कसैको निधार मा लटरम्म फुल्ने फुल होला जेहोस् जीवन आफैमा सर्वश्रेठ छ र महान पनि छ
के मैनबत्तिको अस्तितो केही छैन त ? जो महान छ आफु जल्छ रुन्छ पग्लन्छ प्रकाश छरिदिन्छ शायद महान र बलिदानको परिभाषा भनेको यही नै होला सबैलाई उज्यालो आ-आफ्नो मतलब र स्वार्थ रहन्छ यो मतलबी संसारमा यहाँ मैनबत्तिको आँसुको प्रभाव कसलाई ? सबैलाई उज्यालो भए पुग्ने तर मैनबत्तिको पिंडा सम्झने को ? यो संसारमा पिर, पिडा, चिन्ता र दु:खबाट कोही स्वतन्त्र छ ? भगवान गौतम् बुद्ध पनि रहेनन कहिले बुढा मानिस् लाई देखेर त कहिले मरेको लाशलाई देखेर हरेक नयाँ बिहानिले नवजीवनको शुरुवात गराउदछ पुराना बिझ्ने काडाहरु मनबाट झिकेर फ्यक्दै अघि बढ्नुपर्छ हाम्रो भाग्यले हाम्रो सहन् शक्तिको परिक्षा दिन जिन्दगीका बाटहरुमा हजारौ बाधाहरु तेर्स्याउदछन् तिनलाई पन्छाउदै अघी बढ्नुपर्दछ बहादुरिको सबैभन्दा ठुलो परिक्षा त्यही हो बितेका कुरा सम्झना र अनुभव हुन आउने समयलाई समयको चित्रलाई आँखामा उतारी वस्नुपर्छ तिनैलाई साकार रुप दिने सपना खेलाउनुपर्दछ विपना खुलाउनुपर्छ हरिया रुखका सम्पूर्ण पातहरु शिशिरले झारिदिन्छ पात सदाका लागि ति रुखहरु उजाड कहिल्यै हुँदैनन आफै वसन्त आउँदैन बनभरी राताम्मे जुन फुलहरु फुलेका छन ति सबैले शित र वर्षातको आँसु अनी असिना र घामको संघर्ष बोकेका छन
गूण धेरै खायो भने तितो हुन्छ रे यो अवश्य हो यो कुरा सत्य छ तर यहाँ गूणको के दोष स्वाद चाख्न्ने जिब्रोको होइन र ? प्रेमलाई पुतलिको खेलौना सम्झने धोकेबाजहरु मायाको भाषाले जिन्दगीको परीभाषा दिन मुर्खता मात्र हुन्छ सपना र विपनाको बिचमा अन्तर यही होला शायद मेरो विचारमा,,,.............देखेका सपनाहरु अक्सर विपनामा आएर भत्कने गर्दछ बितेका ति क्षणहरुलाई एउटा संज्ञा दिएर बिहानिको उदयसँग जिन्दगीलाई दोहो-याउनु बुद्धिमानी हो, हो केही मन रोइदेला हृदयले नमान्ला त्यही पनि परिस्थिती त्यस्तै पर्न आयो भने कसैलाई बलिदन पनि गर्नुपर्छ मनलाई यती बलियो बनाउनु कि विश्वासघात वा निष्ठुरीको सम्झनाले मन कहिले नरोओस र परेलिबाट मोती नझरोस् हामी पनि मान्छे हौं हामी अरुको स्वार्थको लागि विष पिउने पशुपतिनाथ त अवश्य बन्न सक्दैनौ कसैले हाम्रो मुटु टुक्रा टुक्रा पारीदियो भन्दैमा के हामी स्वयमले आफ्नो मुटुमाथि छुरी घोचेर छिया छिया पार्नु उचित छ कसैले तिम्रो मुटुमाथि चोट पुर्याउछ भने आफुले झन चोट थप्नु उचित हुन्छ ? यहाँ जिन्दगीलाई वर्तमानले सम्झाउनुपर्दछ हामीले हाम्रो जिन्दगीलाई बगैचाको फर्केको फुलले सजाउनुपर्दछ झरेका पातहरु गनेर अवश्य होइन हामीले हाम्रो रातहरु आशुले सिरानी भिजाएर होइन छायाहरुलाई गनेर होइन आकाशका ति ताराहरु गनेर बिताउनुपर्दछ जीवन वास्तवमा आशैमा अडिएको छ सुर्यतिर फर्किएर अघी बढ्यो भने छायाँ स्वत: नै पछाडि नै पर्छ जब सेता परेवाहरु कागहरुसँग घुलमिल गर्न थाल्छन् तिनका आँखामा सेतै रहन्छ तर मुटु मन भने कालो नै रहन्छ अक्सर धोकेबाजहरुको मन यसरी नै कालो बनेको हुन्छ जब तिनले कागबाट धोका पाउछन तब मात्र यथार्थको आँखाले हेर्न थाल्दछन पश्ताचापमा जल्छन तिमी अब त्यसदिनलाई प्रतिक्षा गर धैर्य गरेर पर्खन सक्नुपर्दछ प्रतिक्षाको फल मिठो हुन्छ
पाउजु नलगाई पनि शायद मजासँग नाच्न सकिन्छ विगतलाई बिर्सिएर वर्तमान अँगाल्दै बाँच्न सकिन्छ म आँफैसँग मेरो जुत्ता हराएर चिन्तित भए तर अलि पर अगाडि पुगेपछी एउटा खुट्टा नभएको मान्छे देखे मसँग कमसेकमा खुट्टा त छ यहाँ धर्तिमा तिम्रालागी फुलेका फुललाई बिर्सेंर तिमी आकाशको तारा टिप्न हात नफैलाउ सबै कुराको आ आफ्नो सुन्दरता हुन्छ पसलेले मात्र जान्दछ हिराको मूल्य सिसा पसलेले तिम्रो महत्व बुझिदिएन भनेर के तिमी आँफैलाई टुक्राउन सुहाउछ ?
तसर्थ संघर्ष नै संघर्षको जीवन झेली संसारमा अडनुपर्छ साथी विश्वासहरु बनाउदै आफुले अघी बढ्ने कोशीस गर्नुपर्दछ आफ्नो मनलाई बाधिराख्न्नुपर्दछ फुत्कन कहिल्यै दिनुहुदैन तिमीलाई काडाकाडाको भुमरिमा फसाएर आफु तर्की जानेछ त्यसैले कसैको विश्वास नगर्नु किनकी ढुङ्गाको चोट खानुपर्दछ माया कसैले कसैलाई नबुझिकन नगास्नु निष्टुरी मन पनि हुनसक्छ त्यसैगरि तिम्रो कलिलो मुटुमा तिखो काडा घोची मायाको नाउमा तिमीलाई खेलौनाको पात्र बनाइदेला .....

सुनिल पौडेल"अभागी" हाल्:-दोहा कतार सम्पर्क ठेगाना:-कतार बिल्डिङ कम्पनी पोस्ट बक्स नो:-४०३११ दोहा कतार मोबाईल नो:-००९७४६५०२२७५ Email:-crackmirror1986@yahoo.com OR poudelaabhagi@yahoo.com

Tuesday, October 7, 2008

शुभकामना विजयादशमीको


नेपालीहरुको महान चाड बडादसैंको पवन अबसरमा सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुख, शान्ति, दिर्घायुका साथै उत्तरउत्तर प्रगतिको पाईला लम्कियोस र श्री दुर्गा भवानीले सबैको रक्षा गरुन भन्दै हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । मनपाङ ब्लग परिवार । तपाईंहरुको लेख अनि रचनाहरु पोस्ट गर्नको लागि manapang@gmail.com मा पठाइदिनुहोला ।

Thursday, September 25, 2008

घात सम्झे सम्झ



पूर्णिमाको उज्यालो रात पनि प्रिय

औशींको अन्धकार रात सम्झेसम्झ प्रिय ।

यो जुनीमा साथ दिन सकिन प्रिय

घात सम्झे सम्झ

घात सम्झे सम्झ । ।


दोबाटोमा पर्खिबस्थे प्रिय

दिइएकै हो साथ सम्झे सम्झ

यो जुनीमा साथ दिन सकिन प्रिय

घात सम्झे सम्झ

घात सम्झे सम्झ । ।


बसन्तको हरियालीलाई पनि प्रिय

झरेको पात सम्झे सम्झ ।

यो जुनीमा साथ दिन सकिन प्रिय

घात सम्झे सम्झ

घात सम्झे सम्झ । ।


उकाली ओराली गर्दा दिएको हात प्रिय

लात सम्झे सम्झ प्रिय ।

यो जुनिमा साथ दिन सकिन प्रिय

घात सम्झे सम्झ

घात सम्झे सम्झ । ।


बिनोद रसाईली

चित्रे-३ (पर्बत )

Thursday, September 18, 2008

नरोउ आमा तिमी



गहभरी आशु बोकी नरोउ आमा तिमी

तिम्रो आशु पुछ्न म चाडै फर्कदै छु

आएको थिए परदेशिएर बिरानो मुलुकमा

धन कमाइ तिमीलाई सुख दिने आशमा

आमा को ममता के हुन्छ बल्ल मैले बुझे

बैनिहरुको सम्झना मुटु भरी बोकी

धन कमाउने आशालाई यही बिट मार्दै

दु:ख सुख सँग रमाउन तिम्रो नै काख रोजे

तिम्रो याद ले तड्पायो मलाई बिरानो मुलुकमा

बिरामी भएर थला पर्दा बाबु भन्ने कोही छैन

मन भरी पिडा बोकी गल्ली गल्ली भौतारिदा

के भयो तिमीलाई भनी सोधिदिने कोही छैन

आमा अब दु:ख सुख तिमी सँगै साटने छु

जती रुन मन लागे पनि तिम्रै सामु रुने छु

आफ्नै पौरख पसिनामा रम्न अब सिक्ने छु

तिम्रो आशु पुछी असल छोरो को परिचय दिने छु

गह भरी आशु बोकी नरोउ आमा तिमी

तिम्रा सपना साकार पार्न अब म

दश धारा दुधको भारा अनी न्यानो माया साची

तिम्रो तस्वीर हेरेर भए पनि रम्दै अगाडि बढने छु


उही तिम्रो टुहुरो छोरा (सुनिल )..
Email :-crackmirror1986@yahoo.com (Sunil Poudel "Aabhagi")
(Q.B.C) Post Box No 40311 Doha Qatar Mobile 09746522786


Saturday, August 30, 2008

माया त आफ्नै गाउँको लाग्छ

प्रदेशको सुन्दर ठुलो महल भन्दा
आफ्नै सानो झुपडी राम्रो लाग्छ ।
विशाल त्यो शहर भन्दा
माया त आफ्नै गाउँको लाग्छ । ।

चाहे जति चिल्ला र विशाल रोड किन नहोस
आफ्नै गोरेटो र दोबाटोहरु राम्रो लाग्छ ।
विरानो प्रदेशमा डुंगा र पुलै किन नहोस
माया त आफ्नै झोलुङ्गे र सांघुको लाग्छ । ।

चाहे जति समुन्द्र नै किन नहोसा
आफ्नै झरना र खोलाको पानी मिठो लाग्छ ।
विरानो यो बालुवाको मरुभुमिभन्दा
माया त आफ्नै गाउँको लाग्छ । ।

प्रदेश को भोजन मिठो किन नहोस
तर आफ्नै गाउँको ढिडो र गुन्द्रुक मिठो लाग्छ ।
वर्षौ वर्षौ उत्पादन गरेको किन नहोस
आफ्नै जन्मभु्मिमा उब्जेको राम्रो लाग्छ । ।

गृष्ममाले ओइलिएका फुल भन्दा
आफ्नै हरियाली बसन्तले ढाकेको लालीगुँरास राम्रो लाग्छ
चाहे सुन्दर बगैचा नै किन नहोस
माया त आफ्नै गाँउको लाग्छ
माया त आफ्नै गाँउको लाग्छ । ।

बिनोद रसाइली
चित्रे - ३ (पर्बत)